- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

आजबाट देशभरका हलमा रिलिज भएको फिल्म ‘मनसँग मन’ हेर्न नायिका पूजा शर्मा काठमाडौंको वान सिनेमाज्मा पुगेकी छिन् । पुष्प खड्का, वर्षा सिवाकोटी अभिनित यो फिल्म हेरेपछि पूजाले दुई कलाकारको प्रशंसा गरिन् ।
वर्षा र पुष्पले आफ्नो भूमिकालाई सशक्त रुपमा निर्वाहा गरेको पूजाको भनाई थियो । फिल्म ‘मनसँग मन’ले नेपाल र दार्जिलिङको सम्बन्धको कथा समेत भनेको छ । कहिलेकाही यही सम्बन्धलाई राजनीतिले कमजोर बनाउन खोजेपनि अन्त्यमा सत्यकै जित हुने फिल्ममा देखाइएको छ ।
फिल्मलाई कैलाश राइले निर्देशन गरेका हुन् भने अरुण तामाङ यो फिल्मका निर्माता हुन् । सौरभ लामाको फिल्ममा निर्माण र छायांकन छ । यो फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाले अभिनय गरेका छन् । फिल्म पल शाह र पूजा शर्माको पनि विशेष भूमिका छ ।
फिल्मको एउटा गीतमा नायिका पूजा शर्मा र नायक पल शाहले पनि नृत्य गरेका छन् । फिल्ममा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । फिल्मलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment