हजारौं सपना बोकेर अष्ट्रेलिया पुगेकी सम्पदाको समुद्रमा डुबेर नि’धन, अष्ट्रेलियामै गरियो अन्त्येष्टि

 

अष्ट्रेलिया :-  अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ। विराट नगर बरगाछीकी “सम्पदा निरौला: को अष्ट्रेलियाको सिड्नीमा समुन्द्रमा डुबेर मृ’ त्यु भएको छ ।

अध्ययनका लागि सिड्नीमा रहेकी २१ वर्षीया निरौला गत पुस १४ गते (डिसेम्बर २९ साँझ) समुन्द्र तटमा पुगेको समयमा एक्कासी छालले बगाएर अचेत भएकी थिइन् । रिदम पोखरेलका अनुसार दिदीसँग अर्का साथी समेत थिए ।

सम्पदालाई बगाएपछि बचाउने प्रयास गर्दा उनी पनि बगेका थिए । घ टना पछि तत्काल हेलिकप्टरले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो । भर्ना गरिएकामध्ये उद्धारको प्रयास गर्ने साथी उपचार पछि आराम भएका छन्,

तर मृत्युपछि परिवारजनले शव नेपाल फर्काउन तत्काल प्रयास गरेको थियो । तर, सबै प्रक्रिया मिलाउन समय लागेपछि उतै अन्त्येष्टि गरिएको छ । आफन्तजनले उनको काजकिरीया भने पशुपतिमा गर्ने भएका छन् ।


Comments