धनकुटा महोत्सवमा घाइते भएका हरुलाई प्रमोद खरेल आफ्नै पैसाले उपचार गर्ने….

 

गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा भीड अनियन्त्रित भई घा,इते भएकाको उपचारमा खर्चिने भएका छन्। शनिबार राति भएको घटना बारे जानकारी दसन आयोजक संस्था उद्योग वाणिज्य संघ धनकुटाले पत्रकार सम्मेलन आयोजना गरेको थियो। आइतबार उक्त सम्मेलनबीच फोन गरी खरेलले जानकारी दिएका हुन्।

रकमका विषयमा खरेलले नबताए पनि घट,नाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने बताए। गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरू हुनुअघि अनियन्त्रित हुँदा घा,इते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ।

घा,इतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए। घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले बताए।

घा,इतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए। घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले बताए।

शनिबार साँझ करिब ८ बजेतिर धनकुटाको टुँडिखेलमा आयोजित धनकुटा महोत्सव सर्वसाधाणको भिड बाक्लो थियो । गायक प्रमोद खरेल आफ्नो प्रस्तुति दिने तयारी गर्दै थिए ।खरेलको प्रस्तुति हेर्न आउनेको थामिनसक्नु भिडमा थिइन् धनकुटा नगरपालिका–५ कि विष्णुमाया लिम्बू राई । आफ्नो ७ वर्षे छोरा र १० महिने छोरीसहित महोत्सवमा आएकी उनीसँग परिवारका ८ जना सदस्य पनि थिए ।

भिडले थिचेपछि लडेकी उनले छोरीलाई हातले जोगाएर गुहार मागिन । भिडले उनलाई किच्यो । त्यही भिडमा रहेका कसैले उनको हातबाट छोरीलाई खोसे । ‘म लडेपछि छोरीलाई नटेकुन भनेर दुई हातले उचालेँ, धन्न कसले मेरो हातबाट खोसेर छोरीलाई स्टेजमा पुर्‍याइदिएछन् उनले भनिन्, ‘भिडमा छोरा छुटिहाल्यो, म होसमा आउँदा छोरालाई बेहोस देखेँ ।

रक्ताम्मे अवस्थामा भेटिएको सात वर्षीय छोरा अभिहाङ लिम्बूको अस्पताल पुगेपछि मात्रै होस आएको उनले बताइन् । ‘मलाई बाँच्छु जस्तो लागेको थिएन, भिडमा फसेपछि मेरो ज्यान गए जाओस छोरी बचाउँछु भनेर आँट गरे’ उनले भनिन्, ‘छोरीलाई धन्न केही भएन, अरुले जोगाइदिए ।’

विष्णुका आफन्तसहित ६ जना भागदौडमा किचिएर घाइते भएका छन् । घाइतेमध्ये उनका छोरा अभिहाङ लिम्बुको अवस्था गम्भीर छ । उनको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनकै देउरानी बुधमायासहित उनका ३ वर्षीय छोरा रोहन लिम्बु पनि घाइते छन् । रोहनको पनि गोल्डेन उपचार भइरहेको छ । बुधमायाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । विष्णुमायासहित अन्य सामान्य घा,इते छन् । घा,इते सबै खतरामुक्त छन् ।

भिडले थिछेपछि बेहोस भएछु, भरे एक जना मान्छेले झकझक्याउँदा थाहा पाएँ’, उनले भनिन्,‘मान्छे कता, सामान कता भयो, मेरो झोला पनि भेटिएको छैन ।’ छोराको कुरुवा बसेकी उनले आयोजकको सूचना नदिई एक्कासी गेट लापरबाहीका कारण घ,टना भएको गुनासो गरिन् ।


Comments