- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

तीन महिने गर्भवती थिइन रसियन सुन्दरी, मृत्युअघि खिचेका ती अन्तिम तस्वीरहरु। केही दिन अगाडी पोखरामा भएको यति एयरलाइन्सको विमानमा सवार १५ विदेशी नागरिकमध्ये एलेना बान्दुरो नाम गरेकी महिला अघिल्लो दिन मात्र नेपाल आइपुगेको खुलेको छ ।पासपोर्ट नम्बर ७६४८१२८८७ भएकी ती महिलाले सामाजिक सञ्जालमा एक स्टोरी पोष्ट गर्दै नेपाल आइपुगेको जानकारी दिएकी थिइन् ।
भोलिपल्टै दुर्घटनामा परेको विमानमा उनीसँगै चार जना अन्य रसियन नागरिक सवार थिए । तीमध्ये दुई महिला र दुई पुरुष हुन् ।नागरिक उड्डयन प्राधिकरणले बिहान काठमाडौंबाट १०: ३२ बजे पोखराको लागि उडेको यति एयरको विमान १०:५० बजे सेती खोज भन्ने स्थानमा अन्तिम पटक सम्पर्कमा आएको र त्यसको केही मिनेटमै दुर्घटना भएको थियो
उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार थिए । तीमध्ये २५ महिला, ३७ पुरुष तीन बालक र तीन शिशु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।उक्त विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रशियन, दुई कोरियन, आयरल्याण्ड, अस्ट्रेलियन, अर्जेन्टनी, फ्रान्सेली एक/एक जना नागरिक सवार थिए ।हालसम्म ६८ जनाको शव भेटिएको जनाइएको छ ।
- Get link
- X
- Other Apps




Comments
Post a Comment