- Get link
- X
- Other Apps
अर्को कुनै जन्म पनि छ भने म प्रेमा शाहकै कोखबाट जन्मिन पाँउ भन्दै भक्कानिइन् नायिका जल शाह (भिडियो सहित
- Get link
- X
- Other Apps

काठमाडौँ । डेढ दशकदेखि अमेरिकामा बस्दै आएकी नायिका जल शाह बेला बेलामा आफ्नो मातृभूमि आउने गर्छिन् । यसैबिच २ साता अघि नेपाल आएकी नायिका जल शाहले नेपाल बसाईका क्रममा विभिन्न मिडियामा अन्तरवार्ताहरु दिइरहेकी छिन् । एक टेलिभिजन अन्तरवार्ताका क्रममा नायिका शाहले आँफु टुहुरी भएको भन्दै आमाको तस्विर देखाउँदा साथ भक्कानिएर रोएकी छिन् ।
पहिलो पटक बाबुको बारेमा बोल्दै नायिका शाहले आँफ्नो लागि आमा नै सर्वस्व भएको बताउँदै उनले आमाको खुशीका लागि बाबुसँग मिलेर बस्नुहोस् भनेर कहिल्यै नभनेको बताइन् । साहित्यकार प्रमा शाहले दर्जनौँ कृतिहरु लेखेको र आफ्ना बेदनाहरु कथा र कृतिका माध्यमबाट बोलेको बताउँदै नायिका शाहले आँफुले आमाको कृति नपढी आमालाई नै पढेको बताएकी छिन् ।
आफ्नी छोरी कलश र आमा प्रेमा शाहमध्ये एकलाई मात्र रोज्न गरिएको आग्रहलाई उनले स्विकार्दै आमा प्रेमालाई रोज्छिन् । भन्छिन् प्रेमा शाह मेरालाथि सब थोक हो । उसँग अरु कसैको तुलना नै हुन सक्दैन । १३ वर्षको उमेरमा धार्मिक फिल्म ‘श्रीस्वास्थानी’बाट अभिनय यात्रा सुरु गरेकी जलले त्यसयता अवतार, ईश्वर, शंकर, घुम्टो, ठूल्दाइ, नेपाली बाबु, एक नम्बरको पाखे, नाता रगतको, नेपाल प्यारो छ, बुहारी, आशिर्वाद, बादलपारि, यो मायाको सागर
सन्यास, जे भो राम्रै भो, जेठो कान्छो, राजु राजा राम, क्रोध र मजदुर गरेर ५० भन्दा बढी चलचित्रमा अभिनय गरिन् । उनको पछिल्लो फिल्म मजदुर सन् २००६ मा रिलिज भएको थियो । त्यसपछि अमेरिका हानिएकी नायिका शाह पति र छोरीसँग अमेरिकामा नै बस्दै आएकी छिन् । हेर्नुहोस् भिडियो
- Get link
- X
- Other Apps
Comments
Post a Comment