- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

यती एयरलाइन्स विमान दुर्घटनाम मृत्यु भएकी गायिका निरा छन्त्याल तथा मृत्यु हुने सम्पुर्णको सम्झनामा गायक पुस्कल शर्माले स्टेजबाट सबैलाई मौनधारण गर्न लगाए । सुदुरपश्चिम महोत्सवको अवसरमा कैलालीको अत्तरियामा शर्माले सबैलाई १ मिनेट मौनधारण गरेर दिवङ्गत आत्माको चीर शान्तीको कामना गर्न लगाए
पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने मध्येकि एक थिईन् लोकगायिका नीरा छन्त्याल ।बागलुङ घर भएकी गायिका छन्त्याल एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन काठमाडौंदेखि पोखरा उडेकी थिइन् । उनले चार घण्टा अगाडि मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् ।
यसै गरी, हिजो उनले ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन् । गायिका छन्त्याल लाइभ लोकदोहोरी गितका लागि एकदमै चर्चित थिईन् । तर अब उनको गित सुन्न पाइने छैन अब सधैका लागि । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा सोमबार देशभर शोक मनाउने निर्णय गर्दै दोहोरी साँझ बन्द गर्ने जनाएको हो ।
प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको हो । गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई एकदमै ठुलो क्षति पुगेको समेत विज्ञप्तिमा उल्लेख छ । २२ वर्षीया गायिका छन्त्यालको निधनले संस्था शोकमा डुबेको अध्यक्ष बिजीले बताए । गायिका छन्त्याल लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment