- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

पाेखराः पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको आज सामूहिक दाहसंस्कार गरिएको छ।दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सीघाटमा आइतबार सामूहिक दाहसंस्कार गरिएको हो।
काठमाडाैंबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा.सुशील श्रेष्ठ, उनकी श्रीमती डा.सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो।
सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ। नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ। सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment