- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

काठमाडौं । स्टेजदेखि मेलापर्वमा छाउने गर्छन गाएक पुस्कल शर्मा । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा लोकदोहोरी गायक पुस्कल शर्मा पुगेका थिए । गत बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ।
पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्। ‘मुटु जलाइ जलाइ’ बोलको बेस्सरी चिच्याएर गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा डाँको छोडेर रोएकी छन्। कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्।
पहिलो गीत ‘मुटु जलाइ जलाइ’ बोलको गीतमा जोड–जोडले गीत मात्र गाएकी उनले त्यसपछिको गीतमा भने डाँको छोडेर रोइन्। उनले यसअघि राखेको टिकटक भिडियोमा पनि उनी यो गीत र गायक पुस्कल शर्माको फ्यान भएको पुष्टि हुन्छ। आँचल नाथकी युवतीलाई गायक पुस्कल शर्माले समेत फलो गरेका छन्। उनले फलो गरेकोमा धन्यवादसमेत दिएकी छन्।
उनको भिडियो भाइरल भएसँगै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेका छन् । त कतिले संगीतमा भएको शक्तिको रूपमा यसलाई व्याख्या गरेका छन्। भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्यालले भिडियो हेरेपछि संगीतको शक्ति देखेर आफू खुसी भएको बताएका छन्। यस्तै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमानसमेत गरेका छन्।
प्रादेशिक महोत्सव २०७९ अत्तरिया, कैलाली पौष २७ देखी माघ ९ गते सम्म महोत्सवमा आउने कलाकारहरु पुष्कल शर्मा गायक राजकुश्मी राज कुश्मी गायक धवज राज महरा गायक पुगेका हुन् । महोत्सवमा कोष खडकाले उद्घोषण गरेका थिए । महोत्सवमा शुक्रबार गायक प्रमोद खरेल र सौगात ओझाले प्रस्तुती राखेका थिए । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment